महिलाको योनीरसबाट मदिरा, बजार लिँदैछ ‘योनी बियर’ले

ByBibas chetan

३ भाद्र २०७५, आईतवार १३:४५ ३ भाद्र २०७५, आईतवार १३:४५ ३ भाद्र २०७५, आईतवार १३:४५

एजेन्सी । स्याउ, अंगुरलगायत विभिन्न बस्तुबाट मादक पदार्थ उत्पादन गर्ने कुरा नौलो होइन । तर, पोल्याण्डमा भने मानिसले कल्पना गरेको भन्दा फरक बस्तुबाट मादक पदार्थ उत्पादन गरिएको छ । पोल्याण्डकोे बियर कम्पनी द अर्डर अफ योनीले संसारमै नभएको र अचम्म पार्दै बियर उत्पादन गरेको छ । उसले नाम जस्तै साँच्चिकै योनी बियर बजारमा ल्याएको छ ।

काटोइस सहरको बियाला माल्पा पबमा पाइने यो बियरमा महिलाको योनीमा पाइने ल्याक्टिक अम्ल पाइन्छ । यो बियरमा दुईजना हट सुन्दरी मोडेलहरु पाउलिना र मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको जनाएको छ । ती हानिरहीत ब्याक्टेरियाले यौनांगमा ल्याक्टिक अम्ल बनाउने काम गर्दछन् ।
महिला डाक्टरहले ती मोडेलका यौनांगबाट योनीरस निकाल्छन् र त्यसलाई प्रयोगशालामा लगेर त्यसबाट बियर उत्पादनका लागि आवश्यक ल्याक्टिक एसिड ब्याक्टेरिया छुट्टाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

बोटल्ड लस्ट र बोटल्ड प्यासन नामबाट दुई प्रकारमा उत्पादन गरिएको छ । दुबैमा ८ प्रतिशत अल्कोहल छ । लस्ट ब्राण्ड नटमेग स्वादमा छ र यसमा पाउनिला नामकी मोडेलको यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको छ । प्यासन चाहीँ क्लासिक बियर हो र यसमा मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!