पाहुना आउँदा चिटिक्क, अरू बेला लथालिंग

ByBibas chetan

४ भाद्र २०७५, सोमबार ०७:४६ ४ भाद्र २०७५, सोमबार ०७:४६ ४ भाद्र २०७५, सोमबार ०७:४६
Worker at Maitighar Mandala Kathmandu busy black topping for coming BIMSTEC summit. 18 Saturday 2018. Photo: Bijaya Rai/ Nagarik/ Republica

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत् छोडियो। मोदी ह्यात होटलमा बस्ने भएपछि उक्त सडकको धुलो छोप्ने काम गरिएको थियो।

० तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदा पनि उपत्यकाका सडक रातारात चिल्ला बनाइएका थिए। ट्यांकरको पानी खन्याएर सडक सफा गरिएको थियो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!