फष्ट लेडीहरुकाे स्वागतका लागि आतुर पाटन दरबार स्क्वायर

ByBibas chetan

१३ भाद्र २०७५, बुधबार ०९:१४ १३ भाद्र २०७५, बुधबार ०९:१४ १३ भाद्र २०७५, बुधबार ०९:१४

ललितपुर। बिहीबार र शुक्रबार काठमाडौमा आयोजना हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुलाई ललितपुरको पाटन दरबार स्क्वायरमा सांस्कृतिक झलकहरु देखाईने भएको छ ।

सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुले शुक्रबार पाटन दरवार स्वायरदेखि गोल्डेन ट्याम्पलमा तीन घण्टाको समय बिताउने भएका छन । त्यस क्रममा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र, गोल्डेन टेम्पलको नाउंले प्रसिद्ध हिरण्यवर्ण महाविहारको अवलोकन कार्य तालिका रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

फस्ट लेडीहरु शुक्रबार बिहान १० बजेपछि पाटन दरबार क्षेत्र अवलोकन गर्न आउने कार्यक्रम रहेको उहांले जानकारी दिनुभयो । त्यस क्रममा अतिथिहरुलाई चर्या नृत्य, कुमारी नृत्य,परम्परागत धिमे बाजा, धा बाजा देखाइने भएको छ । ललितपुर महानगरपालिका १६ वडाले नाचका लागि यहांको परम्परागत गुठी, विहार सुधार समिति लगायत सम्बद्ध पक्षलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

‘ललितपुर एउटा धार्मिक, सांस्कृतिक परिवेशले भरिएको जिल्ला हो । बिमस्टेकमा आउने फस्ट लेडीहरुलाई यहा“को सांस्कृतिक चिनारी दिने झलकहरु देखाउने छौं ।’ ललितपुर महानगरपालिका १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले भन्नुभयो । खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!