प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट सुरु

ByBibas chetan

१२ भाद्र २०७५, मंगलवार ०७:०९ १२ भाद्र २०७५, मंगलवार ०७:०९ १२ भाद्र २०७५, मंगलवार ०७:०९

काठमाडौं । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसँग २४ घण्टे स्पष्टीकरण सोध्नुभएको छ ।

उहाँले गृहमन्त्री बादललाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारणसहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिनुभएको हाे ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको थियो ।

विमानस्थलबाट प्रहरीले कोइरालालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर विदेश जान रोक लगाएको थियो । कोइरालाई विमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो । तर सोमबार प्रधानमन्त्री निवासमा सम्पदाकहरुको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृह मन्त्रीसंग लिखित स्पष्टिकरण मागेको बताउनुभएको समाचार अाजकाे नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!