हजार शब्दले प्रष्ट हुन नसकेको कुरा एक सामाग्रीले प्रष्ट पार्न सकिन्छ

ByBibas chetan

११ भाद्र २०७५, सोमबार १८:५९ ११ भाद्र २०७५, सोमबार १८:५९ ११ भाद्र २०७५, सोमबार १८:५९

सोलुखुम्बु/भदौ ११ गतेहजार शब्दले प्रष्ट हुन नसकेको कुरा एक सामाग्रीले प्रष्ट पार्न सकिन्छ भन्दै सोलुखुम्बुको महाकुलुङ मा अवस्थित बासुकी आधारभुत विद्यालयले विद्यार्थीहरुको आर्कषण बढाउन अध्यपनमा व्यापक सुधार ल्याएको छ । जिल्लामा शैक्षिक सामाग्रीको प्रयोग अत्यन्तै न्युन भईरहेको बेला बासुकी आधारभुत विद्यालयले यस शैक्षिक सत्रबाट स्थानीय स्रोत सामाग्रीको प्रयोगमा जोड दिईएको विद्यालयका शिक्षिका अल्पना कुलुङले बताउनु भयो
पहिले पढ्न भनेपछि अल्छि लाग्ने सृष्टि राई अहिले पढाईप्रति निकै चासो दिनुहुन्छ– सर मिसहरुले कति रामाईलो तरिकाले सिकाउनुहुन्छ ।’ विद्यालयले प्रजेक्टरको प्रयाृग पनि यस वर्षबा थालेको छ । विद्यालयले देउसे खेलेको रकमबाट किनेको प्रोजेक्टर पठनपाठनमा प्रगोग गर्न थालेको हो । विद्यालयका प्रधानाध्यपक खड्ग बहादुर राईका अनुसार प्रोजेक्टरको प्रयोगबाट पढाउन थालेपछि विद्याथीहरुले बढि चासो दिने तथा पढाईमा पनि सुधार आएको बताउनु हुन्छ ।
विद्यालयले प्रोजेक्टरको प्रयोगबाट पठनपाठन सुरु गरेपछि विद्यालयका शिक्षकहरुको व्यस्तता बढेको शिक्षक अविन्द कुमार राई बताउनुहुन्छ । ‘कक्षामा हुने पढाई अनुसारको चित्र, चुटकीला, कथन, नक्सा आदी खोजेर कक्षालाई थप व्यवहारिक बनाउन आफु लागि परेको छु ।’ शिक्षक राईका अनुसार यसरी व्यवहारिक पक्षलाई ध्यान दिएर पढाउन थालेपछि विद्यार्थीहरुको पढाई प्रतिको चासो बढेको छ ।
कक्षामा विषयगत पढाईमा कितावको मात्र घोकाउदा विद्यार्थीहरुको दिमागमा छाप नबस्ने भएकोले सस्तो तथा कम मुल्य पर्ने स्थानीय शैक्षिक सामाग्रीको व्यवस्था तथा पाठलाई बुझाउन, शब्दपत्ति, वाक्यपत्ति, चित्र, भिडियो, नाटक आदी प्रोजेक्टरमा देखाउन थालेपछि पढ्न पनि मजा आउन लागेको विद्यार्थीहरु बताउछन् । विद्यार्थी साधना कुलुङ भन्नुहुन्छ‘पढाईलाई जवरजस्ति भन्दा पनि सजिलो तथा रमाईलो तरिकाले सरहरुले पढाउदा बढि बुझिदो रहेछ ।’
व्यवहारिक शिक्षामा पठनपाठन थालनी गरेको जिल्ला कै पहिलो विद्यालय रहेको विद्यालयले दावी गरेको छ । विद्यालयमा पछिल्लो समय विचैमा कक्षा छोड्ने क्रम बढेपछि यस शैक्षिक सत्रबाट विद्यार्थीहरुलाई आर्कषण गर्न थालनी गरिएको शिक्षक अविन्द कुमार राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!