प्रचण्ड र देउवा लाई माेदीले किन भेटेनन् ?

ByBibas chetan

१६ भाद्र २०७५, शनिबार ०८:१७ १६ भाद्र २०७५, शनिबार ०८:१७ १६ भाद्र २०७५, शनिबार ०८:१७
https://bibaskulung.com.np/

काठमाडौं । काठमाडौंमा आयोजना भएको चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् ।

यसअघि नेपालमै आयोजना भएको सार्क शिखर सम्मेनलमा भाग लिन आउँदा मोदीले नेपालका विभिन्न शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए। तर, यसपटक भने उनले नेपालका नेताहरुसँग कुनै भेटवार्ता नै गरेनन् । हुन त, उनको यो सम्मेलनमा भाग लिन आउँदा नेपालका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थिएन् ।

सम्मेलनको उद्धघाट्नकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोजमा भने मोदीले नेपालका शीर्ष राजनीतिक व्यक्तिहरुसँग अनौपचारिक भेटवार्ता गरेका थिए । मोदीले विमस्टेक शिखर सम्मेलनमा आतंकवादविरुद्ध एकजुट भएर लड्ने उद्धघोष गरेका छन् । त्यस्तै, उनले भारतमा विमस्टेक सदस्य राष्ट्रलाई लक्षित गरेर बेअ अफ द बंगाल स्टडिज सेन्टर समेत स्थापना गर्ने घोषणा गरेका छन् । विमस्टेकका महिला सांसदहरुलाई जोड्न विशेष फोरम समेत गठन गर्ने घोषणा गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!