साढे दुई करोडको लागतमा पाँच विद्यालय भवन निर्माण

ByBibas chetan

१६ भाद्र २०७५, शनिबार ०९:२८ १६ भाद्र २०७५, शनिबार ०९:२८ १६ भाद्र २०७५, शनिबार ०९:२८
https://bibaskulung.com.np/

बसन्ती नाछिरिङगैह्रसरकारी सँस्था जि फाउण्डेशनले आर्थिक वर्ष २०७४/७५ मा ५ वटा भुकम्प प्रतिरोधि विद्यालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउपालिकाको ५ विद्यालयमा करोड ५ लाख ६४ हजार ६ सय २ रुपैया बराबरको लागतमा निर्माण सम्पन्न गरिएको जि फाउण्डेशन सोलुखुम्बुका संयोजक जित्न कुविर राईले जानकारी दिनुभयोे । सोताङ्ग गाउपालिकामा वटा र महाकुलुङ्ग गाउपालिकामा वटा विद्यालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
जी फाउण्डेशनले जनजागृति आधारभुत विद्याल सोताङ गाउँपालिका ४ रोकमा चार कोठे भवन निर्माण गरेको छ । विद्यालय ४७ लाख, ४५ हजार, २ सय २२ रुपयाँको लागतमा सम्पन्न गरिएको हो । जस भित्र १० सेट बालमैत्री फलामे डेक्स बेन्च पनि प्रदान गरिएको छ । त्यस्तै, सोताङ आधारभुत विद्यालय सोताङ गाउँपालिका ३ मा पनि चार कोठे भवन बनाइएको छ । जम्मा ३८ लाख, ४५ हजार, ७ सय, ३९ रुपैयाँ बराबरको लागतमा विद्यालय भवन निर्माण सम्पन्न भएको हो । सो विद्यालयलाई १६ सेट बालमैत्री फलामे डेक्स बेन्च पनि प्रदान गरिएको छ ।

जी फाउण्डेसनले महाकुलु ३ मा रहेको छेस्काम आधारभुत विद्यालयमा पनि ४ कोठे भवन जम्मा ७३ लाख ५० हजार ५ सय ८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी पठनपाठन सुरु भएको छ । सो विद्यालयलाई ४ कोठे शौचालय, ३६ सेट बालमैत्री डेक्स बेन्च समेत हस्तान्तरण गरिएको छ । त्यस्तै जनचेतना आधारभुत विद्यालय दिम्बुल सोताङ गाउँपालिका ४ मा दुई कोठे भवन ४७ लाख, ७० हजार, ३० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । सो विद्यालयमा खानेपानीको पनि व्यावस्था गरीएको छ

त्यस्तै जनसुधार आधारभुत विद्यालय महाकुलुङ गाउँपालिका १ साद्धीमा ६ कोठे भवन निर्माण गरीएको छ । उक्त विद्यालय ७० लाख ५३ हजार १ सय २३ रुपैया बराबरको लागतमा निर्माण कार्य सम्पन्न गरीएको छ । सो विद्यालयलाई खानेपानीको ब्यावस्था, चारकोठे चर्पी, २० सेट बालमैत्रि डेक्स बेन्च र ह्वाइट बोर्ड निर्माण समेत गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!