त्रिवि शिक्षाशास्त्र विद्यापरिषदको सदस्यमा उद्धवकुमार शर्मा मनोनित

ByBibas chetan

१६ भाद्र २०७५, शनिबार ०९:१८ १६ भाद्र २०७५, शनिबार ०९:१८ १६ भाद्र २०७५, शनिबार ०९:१८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय विद्यापरिषदको सदस्यमा सोलुखुम्बु बुहमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्मा मनोनित भएका छन् । हिमाली जिल्ला सोलुखुम्बुमा उच्च शिक्षामा दिएको अतुलनीय योगदानको कदर स्वरुप शर्मालाई दुई वर्षको लागि विद्यापरिषद सदस्यमा मनोनित गरिएको हो ।

तत्कालिन माथिल्लो सगरमाथा ओखलढुंगा र खोटाङ जिल्लाभन्दा अगाडि स्नाकोत्तरसम्मको अध्यापन सोलुखुम्बु बहुमुखि क्याम्पसमा व्यवस्था उनै शर्माको पहलमा भएको थियो । जुनबेला माथिल्लो सगरमाथाको एक मात्र क्याम्पस सोलुमा स्नातकोत्तरको पढाइ हुन्थ्यो । भौगोलिक विकटता, दुर्गमताको असर र दक्ष जनशक्तिको अभावमा पनि शर्माले व्यवस्थित रुपमा क्याम्पस सञ्चालन गरेका थिए । जिल्लाको शिक्षा क्षेत्रमा शर्माको अतुलनीय योगदान रहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको पत्रमा शर्मालाई सदस्यमा मनोनित गरिएको जानकारी पठाइएको छ ।
त्रिवि शिक्षाशास्त्र संकाय विद्यापरिषदको सदस्य मनोतित भएपछि शर्माले दुर्गम क्षेत्रमा अध्यापन गर्ने शिक्षकहरुको हौसला बढेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!