ओखलढुंगामा एक व्यक्तिले भूत सम्झेर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि…

ByBibas chetan

१९ भाद्र २०७५, मंगलवार २१:४३ १९ भाद्र २०७५, मंगलवार २१:४३ १९ भाद्र २०७५, मंगलवार २१:४३

ओखलढुंगा, १९ भदौ । यो २१ औ शताब्दी हो, यसलाई प्रबिधिको युग समेत भनिन्छ । तरपनि कैयौं स्थानका मानिसहरु आझैपनि भुतप्रेत हुन्छन् भनि बिश्वास गर्दछन् । कहिले काहीँ अन्धविश्वासकै पछि लाग्दा जिवनमा ठुलो घाटा समेत हुने गरेको छ ।

भनिन्छ बेलैमा होस नपुर्याउदा पछि पछुताउनु पर्छ । ओखलढुंगामा यस्तै एउटा घटना सार्वजनिक भएको छ । जिल्लाका एक युवकले भुत सम्झी सँगै सुतेकी श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् । खिजीदेम्वा गाँउपालिका ८ का ३८ वर्षीय हितबहादुर विकले गत सोमबार मध्य राति भूतले तर्साएको भन्दै निन्द्रामा व्युँजिएर आफ्नै श्रीमतीलाई खुकुरी हानेका हुन् ।

भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी भिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीता माया विश्वकर्मालाई लागेर गम्भीर घाईते भएकी छन् । घाईते विश्वकर्माको खुकुरीले टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेको छ ।

घाइतेको हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । हितबहादुर भूत–भूत भन्दै चिच्याउँदै खुकुरी प्रहार गर्दा श्रीमतीलाई लागेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ ।

रामहरि श्रेष्ठ/News24Nepal.TV

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!