नेकपा : एकता प्रक्रिया नटुङ्गिँदै जन्मियो नयाँ गुट, नेता नेपाल र श्रेष्ठको नेतृत्व

ByBibas chetan

२५ कार्तिक २०७५, आईतवार ०८:३६ २५ कार्तिक २०७५, आईतवार ०८:३६ २५ कार्तिक २०७५, आईतवार ०८:३६

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ ‘गुट’को जन्म भएको छ ।

पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र असन्तुष्ट नेताहरुकाे नेतृत्वमा उक्त नयाँ धारको जन्म भएको हो । सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ गुट विकसित भएकाे छ ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेकाे समाचार अाजकाे नागरिक दैनिकमा छ ।

पछिल्लोपटक सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो । सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!