भारतीय पत्रिकालार्इ अन्तर्वार्ता दिँदै उपप्रधानमन्त्री यादवले उडाए प्रधानमन्त्रीको खिल्ली

ByBibas chetan

२६ कार्तिक २०७५, सोमबार ०८:२१ २६ कार्तिक २०७५, सोमबार ०८:२१ २६ कार्तिक २०७५, सोमबार ०८:२१

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् । भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका बेला उपप्रधानमन्त्रीले नै यस्तो बताएका हुन् ।

भारतीय पत्रिका ‘द विक’लाई दिएको अन्तर्वार्तामा यादवले भनेका छन् ‘नेपालमा दुर्इतिरका रेल ल्याउन सजिलो छैन र मलार्इ लाग्दैन- मेरो जीवनकालमा यो देखिनेछ।’

प्रधानमन्त्री केपी अाेलीले केही वर्षभित्रै रेल ल्याइने बताइरहेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा यससम्बन्धि सम्झौता समेत भइसकेको छ । भारतसँग त काम नै अघि बढिसकेको छ ।

तर, उपप्रधानमन्त्रीले यो योजनाको खिल्ली उडाएकोमा प्रधानमन्त्री निकट व्यक्तिरु आश्चर्यमा परेका छन् ।
अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएकाे समाचार नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!