मन्त्रिपरिषद्को निर्णय गोप्य: नयाँ प्रबन्धबाट सार्वजनिक हुने

ByBibas chetan

२६ कार्तिक २०७५, सोमबार ०९:२५ २६ कार्तिक २०७५, सोमबार ०९:२५ २६ कार्तिक २०७५, सोमबार ०९:२५
Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015 Photo; Keshab Thoker/Nagarik/republica

काठमाडौँ । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कात्तिक २५ गते साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए ।

मन्त्री बाँस्कोटाले भने, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।”

मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा कात्तिक २५ गते विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!