अमेरिकाको नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

ByBibas chetan

२ मंसिर २०७५, आईतवार ०६:३० २ मंसिर २०७५, आईतवार ०६:३० २ मंसिर २०७५, आईतवार ०६:३०

काठमाडौं । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुदि« सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ ।

तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि भारतको महादेसिय प्लेट एसियामा धसिएपछि जमिनको भाग अकासिन पुग्दा सगरमाथा बनेको थियो ।
यथार्थमा एभरेष्ट समुदि« सतहबाट २९ हजार ३५ फिट र माउना किया १३ हजार ७ सय ९६ फिट माथि रहेका छन् । तर माउना किया प्रशान्त महासागर भित्र करिव १९ हजार ७ सय फिट डुबेको अवस्थामा रहेको छ ।
यस अर्थमा भन्ने हो भने माउना कियाको उचाई करिव ३३ हजार ५ सय फिट अग्लो अर्थात एभरेष्ट भन्दा झण्डै एक माइल अग्लो रहेको छ । वास्तवमा माउना किया हवाई टापुमा अवस्थित ठूलो निष्क्रिय ज्वालामुखी पहाड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!