फुलबारीको साधारण सभा सम्पन्न

ByBibas chetan

२ मंसिर २०७५, आईतवार ०६:१४ २ मंसिर २०७५, आईतवार ०६:१४ २ मंसिर २०७५, आईतवार ०६:१४

सोलुखुम्बु, मंसिर २ गते । सोलु खुम्बुको महाकुलुङ ५ मा रहेको गरिवि निवारण फुलवारी बचत सामुदायिक संस्थाको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले ८ लाख ३३ हजार ८ सय ४८ रुपैयाको वजेट प्रस्तुत गर्दै विभिन्न निर्णय गरेको छ ।
संस्थाको दायित्वभित्र रहेका सदस्याका छोराछोरीले जुनसुकै विद्यालयमा अध्ययन गरेर कक्षागत प्रथम भएमा संस्थाले वार्षिक रुपका कक्षागत प्रथमलाई हौसला स्वरुप पुरस्कृत गर्ने, ५० हजार बराबरको अपतकालिन कोष, ऋण लागनी व्यवस्थित गर्ने लगायतका निर्णय गरेकने संस्थाले जनाएको छ ।
त्यस्तै संस्थाको साधारण सभाले सुब्बामान राईको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । संस्थाको सचिवमा लक्ष्मण राई र कोषाध्यक्षमा यमुनाथ राई रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!