विदेशकाे उपचारले निकाे नभएपछि ताताेपानीमा राेग पखाल्दै प्रचण्ड र गृहमन्त्री

ByBibas chetan

२७ कार्तिक २०७५, मंगलवार ०६:३१ २७ कार्तिक २०७५, मंगलवार ०६:३१ २७ कार्तिक २०७५, मंगलवार ०६:३१

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीकाे बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगासहित परिवारका सदस्यलाई लिएर दाहाल ताताेपानी पुगेका थिए।

पत्नी सीताकाे भारत, सिंगापुर, थाईल्याण्डका अस्पतालकाे उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान गर्न परवारसहित यहाँ अाएका हुन्। साथै जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटन गर्न दाहाल म्याग्दी पुगेका हुन्।दाहालसँगै पत्नी नैनकलालाई लिएर आएका गृहमन्त्री रामबहादुर थापा समेत उद्घाटन कार्यक्रम सकिए लगत्तै उनीसँगै एउटै गाडीमा कुण्डतर्फ हानिए। ताेताेपानीमा डुबुल्की मारेपछि केही समयसम्म नेता प्रचण्ड र मन्त्री ध्यान मुद्रामा पानीमै बसेका देखिन्थे ।

बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित विश्वमै विभिन्न रोगको उपचार केन्द्रको रुपमा परिचित कुण्ड सर्वसाधारणजस्तै भिआइपीको पनि उपचार केन्द्र बन्दै गएकाे समाचार अाजकाे नागरिक दैनिकमा छ।

नेपालका विभिन्न जिल्लाका साथै सार्क र एसियाली राष्ट्रबाट समेत स्नान गर्न विरामीहरु यहाँ अाउने गर्दछन्। कुण्डमा नेपालका ठुला राजनीतिक दलका प्रमुख तथा विभिन्न पदमा रहेका नेता, निजामति सेवाका विशिष्ट कर्मचारी समेत आफ्नो रोग पखाल्न कुण्डमा आउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!