सोलुखुम्बुमा जापानी नागरिकको ज्यान गयो

ByBibas chetan

२७ कार्तिक २०७५, मंगलवार १९:४७ २७ कार्तिक २०७५, मंगलवार १९:४७ २७ कार्तिक २०७५, मंगलवार १९:४७

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एक पर्यटको ज्यान गएको छ ।

मंगलबार बिहान १० बजेर २० मिनेटमा ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेका जापानी नागरिकको ज्यान गएको हो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उहाँको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उहाँको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ गोरक्षमा रहेको एभरेष्ट इन होटलको डाइनिङ हलमा ज्यान गएको सहाय प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!