ट्युसन पढाएरै करोडौं, ४ बर्ष पछिको कमाई २२७ अर्व डलर सम्म

ByBibas chetan

३० कार्तिक २०७५, शुक्रबार ०२:२२ ३० कार्तिक २०७५, शुक्रबार ०२:२२ ३० कार्तिक २०७५, शुक्रबार ०२:२२

काठमाडौं – पछिल्लो समय निजी ट्युसनको ब्यापार बढ्दो छ । बीबीसीमा प्रकाशित खबरका अनुसार ट्युसन पढाएरै करोडौं कमाउनेहरुको संख्या बढ्दै छ । संसारभर बढ्दो निजी ट्युसन ब्यापारलाई विश्लेषण गर्दै उक्त खबरमा सन् २०२२ सम्म यो क्षेत्रको ब्यापार २ सय २७ अर्ब सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

एशियाको तिब्रतर आर्थिक विकास र अनलाईन ट्युसनले यो उद्योग विस्तार भएको बीबीसीको दावि छ ।

विभिन्न ट्युसन कम्पनीहरु ईण्टरनेटका माध्यमबाट विद्यार्थी र शिक्षकहरुसँग जोडिन्छन् । बीबीसकीको उक्त खबरमा यो उद्योग धेरै हद सम्म अनियमति भनिएको छ ।

ट्युसन पढाएरै करोडौं कसरी कमाउँछन् यी मान्छे !

निजी ट्युसन पढाउने मेलिसा लेहानले संसारको धेरै राम्रा शहरहरुमा काम गरिसकेकी छन् । उनले केही बर्ष बरमुडामा काम गरिन् भने पछि क्यानडा गईन् । केही दिन दक्षिणी फ्रान्स, बहामास र ईटालीमा पनि उनले ट्युसन पढाईन् । हाल उनी लक्जमबर्गको ग्रामीण क्षेत्रमा काम गर्दै छिन् । उनको बार्षिक कमाई छ अँकमा भईरहेको छ ।

३६ वर्ष की लेहान अक्सफोर्ड विश्वविद्यालयकी स्नातक हुन् । उनी घरमै विद्यार्थीलाई विद्यालयमा जस्तो गरी पढाउँछिन् । उनले पछिल्लो १० बर्ष देखि यो काम गर्दै आएकी छन् ।

लेहानका ग्राहक धनी अभिभावक हुन् । जो विभिन्न कारणले आफ्ना सन्तान पढ्ने विद्यालयसँग खुसी छैनन् । तर उनीहरु आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छन् ।
लेहान आफ्नो कामबाट खुसी छन् ।

लेहान आफ्ना विद्यार्थी सँग बनाउने सम्बन्धनका बारेमा सचेत छिन् । उनले सबै विषयलाई एकै साथ बुनेर विद्यार्थीलाई रुची हुने तरिकाले सिकाउँछिन् ।
उनी भन्छिन् “कुनै पनि विद्यार्थीलाई के सिक्नु छ, र उसलाई कसरी सघाउने भन्ने कुरा निकै राम्रो संग जानेर विद्यार्थीलाई सघाउनु मेरो काम हो ।“

सुपर ट्युटर

आफ्ना सन्तानलाई अमेरिका वा बेलायतका राम्रा विद्यालयमा भर्ना गर्न चाहने विदेशमा कार्यरत धनि अभिभावक उनको सेवा लिन्छन् ।

पूर्वी एशियामा सुपर ट्युटरका नामबाट यो सेवालाई चिनिन्छ । यसलई भने विशेषज्ञ मानिन्छ, किन भने यस्ता शिक्षकहरु विद्यार्थीको कुने एक समूहलाई कुनै एक विषय मात्र पढाउँछन् ।
अमरीकामा सन् २०१७ मा ३७ लाख भन्दा धेरै विद्यार्थीले विश्वविद्यालमा भर्ना हुन आवश्यक क्ब्त् या ऋब्त् जस्ता परीक्षा दिएका थिए । यस्ता परीक्षाको तयारी गर्ने विशेषज्ञ शिक्षक सुपर ट्युटर हुन् । उनीहरुले हरेक घण्टा पढाएको शुल्क लिन्छन् ।

तयारी र त्याग

लेहान सुपर ट्यूटर भन्नमा धेरै रुची गर्दिनन् । उनी भन्छिन् यो भूमिका धेरै ग्ल्यामरस हुन्छ । जसलाई ठिक तरिकाले मान्छेले सम्झन्नन्, म एक शिक्षक हुँ र कडा मेहनत गरिरहेकी छु ।

विद्यालय तह सम्मका शिक्षक एक वा दुई विषय सम्म पारंगत हुन्छन् । तर लेहान विद्यार्थीलाई न्ऋक्भ् का सबै विषय पढाउँछिन् । बेलायतमा १६ बर्षका पवद्यार्थीलाई यो परीक्षाा दिनु पर्छ ।

लेहान भाषामा स्नातक हुन् । तर उनलाई गणित मन पर्छ । शुरुमा विज्ञान विषयमा पारंगत हुन धेरै चुनौती थियो । पहिलो नोकरीमा उनले पाठ्यक्रमका सबै विषय पढाउन दिन रात धेरै मेहनत गरेर तयार भएको बीबकीसीको उक्त खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!