छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै काटे गुप्ताङ्ग

ByBibas chetan

६ मंसिर २०७५, बिहीबार १४:१७ ६ मंसिर २०७५, बिहीबार १४:१७ ६ मंसिर २०७५, बिहीबार १४:१७
https://bibaskulung.com.np

बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् ।
आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।
कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका थिए । उनलाई अस्पतालमा भर्ना गरी उपचार गराइँदैछ । उनको छिनेको लिंग जोड्न डाक्टरहरु सफल भएका छन् ।
गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेपछि उनी जेलमा छन् । यद्यपि, उनले आफूमाथि लागेको आरोप स्वीकारेका छैनन् । उनलाई अदालतले जमानतमा छाड्ने आदेश दिएको थियो । तर, जमानतको शर्त पूरा गर्न नसक्दा उनी जेलमुक्त हुन सकेका छैनन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!