१५ औं पञ्चवर्षीय योजनाले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने प्रधानमन्त्री ओली

ByBibas chetan

२१ मंसिर २०७५, शुक्रबार १९:५२ २१ मंसिर २०७५, शुक्रबार १९:५२ २१ मंसिर २०७५, शुक्रबार १९:५२

मंसिर २१, २०७५ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तीव्र गतिको विकासमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु अस्वीस्कार गरिहरनु पर्दैन । अरुले आस्वीस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।’ प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना (२०७६र०७७–२०८०र०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताउनुभएको छ । ‘अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।’
स्वदेशमा रहेका फलाम खानीको उत्खनन्, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रित हुनु पर्ने प्रधानमन्त्री ओलीको जोड छ । ‘विद्युत, सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जेट्रोफाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!