नागरिकता बनाउन अधिकतम ३० मिनेट

ByBibas chetan

२२ मंसिर २०७५, शनिबार १४:४४ २२ मंसिर २०७५, शनिबार १४:४४ २२ मंसिर २०७५, शनिबार १४:४४

सोलुखुम्बु, मंसिर २२ गते । सरकारी सेवा लिन जादा समयमा सेवा नपाएको धेरै गुनासो हुने गर्दछ । तर ईलाका प्रशासन कार्यालय सोताङ सोलुखुम्बुको सेवाबाट भने सेवाग्राहीहरु खुशीसगै सहजता महसुस गरेका छन् ।
ईलाका प्रशासन कार्यालय सोताङ सोलुखुम्बुका प्रमुख विनोद गौतमका अनुसार सेवाका लागि आवश्यक कागजात सबै पुरा गरि आएको सेवाग्राही आधा घण्टामा घर फर्कन पाएका छन् । प्रमुख गौतम भन्नहुन्छ–‘कामलाई ढिलासुस्ति गरेर सेवाग्राहीलाई धेरैबेर कार्यालयमा कुने गर्दिन । सबै कागजात मिलाई आएका सेवाग्राहीलाई तीस मिनेटमा काम सकेर फर्कने गरेका छन् ।’ गौतमका अनुसार नागरिकता लिन आएका सेवाग्राहीलाई समयमा सेवा प्रवाह गर्न आफैले कम्प्युटरमा रजिस्टर गर्ने गरेका हुदा छिटो काम बनेको हो । सबै कागजात मिलेको सेवाग्राही आउदा बढिमा तीस मिनेटसम्म लाग्ने गरेको छ भने त्यभन्दा छिटो समयमा पनि सेवाग्राहीलाई नागरिकता प्रदान गरेको प्रमुख गौतमले बताउनु भयो ।
कार्यालय खुलेपनि धेरै समय कार्यालय प्रमुख नहुदा सेवा नपाएका सेवा क्षेत्रका स्थानीयहरु विनोद गौतम कार्यालयमा हाजिर भएसँगै खुशी भएका छन् । सोताङका स्थानीय संगम राईका अनुसार समयमा सेवा पाएपछि सहज भएको छ भने सोताङ ईलाका प्रशासन कार्यालयबाट छोटो समयमा धेरैले नागरिकता लिईसकेको छन् ।
जिल्ला प्रशासन कार्यालय सदरमुकाममा हुने गरेकोले ईलाका वा सदरमुकाम बाहिरका अधिकाँश कर्मचारीहरु सदरमुकाममा अल्मलिने गर्दछन् । तर ईलाका प्रशासन कार्यालयका प्रमुख गौतम भने सिधै कार्यालयमा जाने गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!