एकिकृत घुम्ति शिविर सम्पन्न

ByBibas chetan

२३ मंसिर २०७५, आईतवार २१:२४ २३ मंसिर २०७५, आईतवार २१:२४ २३ मंसिर २०७५, आईतवार २१:२४

सोलुखुम्बु, मंसिर २३ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालित दुईदिने एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरको नेतृत्वमा जिल्ला सदरमुकामबाट एकिकृत घुम्ति शिविर सञ्चालन भएको हो ।
उक्त शिविरमा महाकुलुङ गाउपालिकाका सयौले घर नजिकैबाट सेवा लिन पाएको ईलाका प्रशासन कार्यालय सोताङका प्रमुख विनोद गौतमले बताउनु भयो । दुईदिनसम्म सञ्चालन भएको शिविरबाट १ सय २१ जनाले नागरिकता लिएको ईलाका प्रशासन कार्यालय सोताङका प्रमुख गौतमले बताउनु भयो । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता ७४, स्वास्थ्य परिक्षण दुई सय ७५ जना, ६० जनालाई चस्मा वितरण, १७ वटा उद्योग दर्ता र ४० वटा वाणिज्य दर्ता भएको प्रमुख गौतमले बताउनु भयो ।
घर नजिकैबाट सेवा पाएपछि स्थानीयहरु खुशी भएका छन् । घर नजिकै सेवा प्रवाह गर्न कर्मचारीहरु आएपछि सयौले सेवा लिनुका साथै खर्च पनि न्युन भएकोले धेरै सहज भएको स्थानीय बताउछन् । महाकुलुङ ५ का असल कुलुङका अनुसार आर्थिक रुपमा विपन्न, शारिरिक रुपमा फरक क्षमता भएका, बृद्धबृद्धा लागायत धेरैलाई सहज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!