सोलुखुम्बु, मंसिर २६ गते । सोलुखुम्बुका एउटै गाउँमा हुन लागेको तीन नावालिकाको विवाह रोकिएको छ । बुधबार(आज) एकैदिन दिन हुन लागेको विवाह प्रहरीले सुचना पाई कानुन विपरित भएको भन्दै रोकेको हो । उमेर नपुगि विवाह गर्नु कानुन विपरित भएकोले प्रहरीलेसुचनाको आधारमा महाकुलुङ– ५ सोलुखुम्बुमा बुधबार हुने तय भएको विवाह प्रहरीको पहलमा रोकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीले मंगलबार सुचना पाएपछि जिल्ला प्रहरी कार्यालयले छेस्काम प्रहरी चौकीबाट प्रहरी परिचालन गरेको हो । जिल्ल प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माका अनुसार उमेर नपुगि विवाह गर्नु कानुन विपरति भएको हुदा स्थानीय जनप्रतिनिधीको रहोबरमा छेस्काम प्रहरी चौकी छेस्कामका टोली सम्बन्धित स्थानमा गई विवाह रोक्का गरिएको हो ।
वालविवाह न्युनिकरण सम्बन्धि कार्याक्रमहरु विभिन्न निकायमार्फत गाउँपालिकामा सञ्चालन हुदै गरेको भएपनि बालविवाह न्युनिकरण हुन नसकेको हो । बालविवाह न्युनिकरण हुन नसकिरहेको बेला प्रहरीले बुधबार हुने भनि तय भएको बालविवाह सम्बन्धि सुचना पाएपछि टोली सम्बन्धित स्थानमा पुगि अभिभावकसहित सबैलाई बोलाई सम्झाएर स्थानीय नजप्रतिनिधीको रहोबरमा बालविवाह रोकेको हो ।
