भुकम्प पिडितले अनुदान रकम फिर्ता गरे

ByBibas chetan

२७ मंसिर २०७५, बिहीबार १३:२४ २७ मंसिर २०७५, बिहीबार १३:२४ २७ मंसिर २०७५, बिहीबार १३:२४

सोलुखुम्बु, मंसिर २७ गते । सोलुखुम्बुका एक भुकम्प प्रभावितले अनुदानमा घर नबनाउने भन्दै अनुदान रकम फिर्ता गर्नुभएको छ । सोलुदुधकुण्ड नगरपालिका ६ खोरियाका छिरिङ शेर्पाले भुकम्पवाट क्षतिग्रस्त घर पुनः निर्माणको लागि लिएको अनुदान वापत्को पहिलो किस्ता पचास हजार राष्ट्रिय भुकम्प पुनःनिर्माण प्राधिकरणलाई फिर्ता दिएका हुन् ।
प्राधिकरणले तोकेकै समयमा पुनःनिर्माण नगर्ने भएपछि अनुदान रकम फिर्ता गरेको बताउनु भयो । प्राधिकरणले आगामी पुष मसान्तसम्म दोस्रो किस्ता लिईसक्नुपर्ने गरि भुकम्प प्रभावितलाई ताकेता गर्दै आएको छ । सो रकम शेर्पाका काका आङबाबु शेर्पाले जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्बुका प्रमुख विष्णु लामिछानेलाई हस्तान्तरण गर्नुभयो । तत्काल घर बनाउन नसक्ने भएपछि राज्यको रकम दुरुपयोग नगर्ने बताउनु भयो । शेर्पाले केहि समयपछि आफ्नौ लगानीमा भुकम्प प्रतिरोधी घर निर्माण गर्ने योजना बनाएको बताउनु भयो ।
भुकम्प प्रभावित शेर्पा रोजगारीको शिलशिलामा अमेरिकामा बस्दै आएका छन् । छोरालाई वारिसनामा दिएर पहिलो किस्तावापत्को अनुदान रकम लिएका शेर्पाले छोरा पनि अध्ययनको शिलशिलामा भारत गएपछि तत्काल घर पुनःनिर्माण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता दिन लगाएको उनका काकाले बताउनुभयो ।
फिर्ता गरिएको रकम प्राधिकरणको राजस्व खातामा जम्मा गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्बुका प्रमुख विष्णु लामिछाने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!