बालबालिकालाई न्यानो कपडा वितरण

ByBibas chetan

२७ मंसिर २०७५, बिहीबार १६:३८ २७ मंसिर २०७५, बिहीबार १६:३८ २७ मंसिर २०७५, बिहीबार १६:३८

सोलुखुम्बु, मंसिर २७ गते । सोलुखुम्बुका एक सामाजिक संस्थाले विद्यालयका छात्राछात्रलाई न्यानो ऊनीका कपडा वितरण गरेको छ । योङ स्टर क्लवले सोलुदुधकुण्ड नगरपालिका ३ तामखानी स्थित ज्वालामाई आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ऊनीको कपडा वितरण गरेका विद्यालयका प्रधानाध्यपक भोजक कुमार अधिकारीले बताउनु भयो ।
विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीहरुलाई वितरण गरेको विद्यालयले जनाएको छ । चिसो मौसम न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुशी भएका छन् । कक्षा ३ का योगेस रेग्मी मगर भन्नुहुन्छ‘यस्तो चिसोमा हामीलाई न्यानो कपडा दिने संस्थालाई धन्यवाद छ । हमी सबै खुशी छौ । सबैलाई भनिदिनुस् ल ।’
उनीको न्यानो कपडा वितरण कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका कडा नम्बर ३ का बडाध्यक्ष भुपाल मगरको प्रमुख आतिथ्यता तथा योङ स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठको उपस्थितीमा वितरण गरिएको विद्यालयका प्रधानाध्यप्क भोज कुमार अधिकारीले बताउनु भयो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय सोखुम्बुका प्रमुख राजेन्द्र श्रेष्ठ, जिल्ला समन्वय समितिका निमित्त प्रमुख भोज नारायण राजभण्डारी, योङ स्टार क्लवका सहसचिव लालकाजी श्रेष्ठ, अभिाभवक लगायतका उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!