राजधानीमा घर हुने सांसदले घर छैन भन्दै संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिदै

ByBibas chetan

२९ मंसिर २०७५, शनिबार ०८:४३ २९ मंसिर २०७५, शनिबार ०८:४३ २९ मंसिर २०७५, शनिबार ०८:४३

काठमाडौं । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका छन् ।

भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतअनुसार काठमाडौंमा उनको सगोलमा छर छ ।

उनले २०७४ फागुनयता नियमित घरभाडा लिईरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातमा पठाईदिने गरेको छ । , आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!