विद्यालय सुधार्दै एक दम्पती

ByBibas chetan

१ पुष २०७५, आईतवार ०३:५८ १ पुष २०७५, आईतवार ०३:५८ १ पुष २०७५, आईतवार ०३:५८

कुम्भराज राई
नौ बर्ष पहिले सम्म सोलुखुम्बुको सोताङ गाउ“पालिकाको सोताङस्थित बासुकी आधारभुत बिद्यालयमा विद्यार्थीे संख्या १३ जना थिए । सामुदायिक विद्यालय त्यसमाथी पढाईको गुणस्तर नभएपछि अविभावकहरुले छोराछोरी बोर्डिङ पढाउन लाने गर्थे । तर अहिले त्यही विद्यालयमा कक्षा ८ सम्म एक सय ५० विद्यार्थीहरु पढछन् ।
पढाई राम्रो नभएको भन्दै बोर्डिङमा छोराछोरी लगेका अभिभावकले समेत सोही विद्यालयमा भर्ना गराए । छोटो समयमै बिद्यालयको रुप फेरियो । तर यसको रुप फेरिनुमा भने स्थानीय दिप राई र उनकी श्रीमति झरना राई दम्पतीको योगदान छ । यिनै राई दम्पत्तिको आर्थिक सहयोग र समन्वयमा शुरुमा यस विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भयो ।
दक्ष शिक्षकको व्यवस्थापनले पढाईको गुणस्तर बढ्यो । स्वर्गीय आमाको नाममा दिप राईले ‘सुकीमायाँ इङगलिश नेपाली एजुकेशन फाउण्डेशन नेपाल’ मार्फत शिक्षक देखि विद्यार्थीको पोशाक, किताव कापी उपलब्ध गराउन थाले । राई दम्पतीले आफ्नो कमाइको आधा हिस्सा विद्यालयलाई उपलब्ध गराए । उनीहरुले सुरुमा ३ जना शिक्षकका लागि मासिक ११ सय डलर सहयोग गरे ।
उनीहरुको सामाजिक कार्यबाट प्रभाबित बनेर एक अमेरिकी दम्पत्ति केन ल्याडोसर र मार्लिन ल्याडोस (प्भ्ल् ीब्म्इग्ऋभ्ग्च् र ःब्च्ीभ्ल्भ् ीब्म्इग्ऋभ्ग्च्० ले पनि बिद्यालयलाई सहयोग गरे । उनीहरुले सन् २०१४ देखि मासिक ४ सय डलर सहयोग गर्दै आएका छन् । यसरी २ हजार डलर मासिक रुपमा बिद्यालयले सहयोग प्राप्त गर्दै आएको छ । हाल विद्यालयमा एक कार्यलय सहयोगी सहित ११ शिक्षक कार्यरत छन् ।
बन्द हुने अवस्थामा पुगेको विद्यालयले पुनः जीवन पाएपछि उत्साहित बनेको प्रधानाध्यापक सिताराम वस्नेतले बताए । अंग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि आफ्ना विद्यालयका केटाकेटीहरु अंग्रेजीमै पढ्न र गफ गर्न सक्ने भएको प्रअ बस्नेतले बताए ।
सोताङकै खहरे स्थित सोताङ आधारभुत विद्यालयले पनि सहयोगको आग्रह गरेपछि राई दम्पतकिो संस्थाले विगत दुई बर्ष देखि सहयोग गर्न थालेको छ । सोताङ आधारभूत विद्यालयका लागि युकेका नागरिक डेभिड र जोन (म्ब्ख्क्ष्म् र व्इध्ल्० मार्फत बार्षिक २३ सय डलर सहयोग प्रदान गरेका छन् । यस विद्यालयमा अहिले तीन सय १५ जना भन्दा बढि विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । सुकीमाया फाउण्डेशनले सवै विद्यार्थीका लागि प्रत्येक बर्ष टाई बेल्ट उपलब्ध गराउ“दै आएको छ ।
फाउण्डेशनको शैक्षिक सेवाबाट प्रभावित भएका लरेन्स विश्व विद्यालयका प्राध्यापकहरुले ५ सय ५० अ‍ेमरिकी डलर सहयोग गरेका थिए । अमेरिकाको नर्थ क्यारोलिनामा रहेको उक्त विश्वविद्यालयका प्राध्यापकहरु लरेन्स, राईस, हार्भी र रोबेटोले संयुक्त रुपमा फाउण्डेशनलाई उक्त रकम सहयोग गरेका हुन् ।
राई दम्पती भने ट्रेकिङ व्यवसायमा आबद्ध छन् । गाउ“को शैक्षिक अवस्था सुधार गर्न आमाको स्मरणमा जीवनभर सहयोग गर्ने लक्ष्य रहेको उनीहले बताए । आफ्नो गाउ“मा सहयोग गर्न पाउ“दा आत्मसन्तुष्टि हुने गरेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!