पुस १३,काठमाडौं – राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ ।
उहाँका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६ को हिलेपानीमा रहेको घरमा बिहीबार राति १ बजे निधन भएको परिवारले बताएका छन् ।
परिवारका अनुसार राति शौचालय गएर फर्किएपछि उहाँको निधन भएको हो ।