जिपको नयाँ भाडादर कायम

ByBibas chetan

२३ मंसिर २०७५, आईतवार २१:२९ २३ मंसिर २०७५, आईतवार २१:२९ २३ मंसिर २०७५, आईतवार २१:२९

सोलुखुम्बु, मंसिर २३ गते । सोलुखुम्बुको महाकुलुङ क्षेत्रभित्र पर्ने ग्रामिण सडकको नयाँ जिप भाडादर कायम गरिएको छ । जिपले मनपरि भाडादर असुल गरेको स्थानीयको गुनासो आएपनि प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरको उपस्थितीमा महाकुलुङ गाउपालिकाले नयाँ जिपभाडादर कायम गरेको हो ।
महाकुलुङ गाउपालिकाले निर्धारण गरेका नयाँ जिप भाडादर अनुसार बुङ–छेस्कामको भाडादर तीन सय, बुङ–सोताङको भाडादर दुई सय, बुङ–पेल्माङको भाडादर एक सय र बुङ– पात्लेको नयाँ भाडादर एक सय कायम गरिएको गाउँपालिको कार्यालय महाकुलुङले जनाएको छ ।
यसअघि बुङ–छेस्कामको भाडादर पाँच सय, बुङ–साोताङको भाडा चार सय सम्म जिप व्यवशायीले उठाउदै आएको छेस्कामका चत्तुर कुलुङले बताउनु भयो । आज बसेको बैठकले निर्णय गरेको नयाँ भाडादर यहि मंसिर २६ गतेबाट लागु हुने महाकुलुङ गाउपालिकाका अध्यक्ष सागर किरातीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!