गाउँपालिका केन्द्रमा अस्थाई प्रहरी चौकी

ByBibas chetan

२५ मंसिर २०७५, मंगलवार ०४:४९ २५ मंसिर २०७५, मंगलवार ०४:४९ २५ मंसिर २०७५, मंगलवार ०४:४९

सोलुखुम्बु,मंसिर २४ गते । थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लि सोलुखम्बुमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । यसअघि प्रहरी चौकी नभएको मुक्लिमा आईतबार अस्थायी प्रहरी चौकी स्थापना गरि प्रहरी खटाईएको हो ।
गाउपालिकाका आवश्यकता, भुगोल, जनसंख्या तथा सुरक्षा अवस्थालाई मध्यनजर राख्दै अथक प्रयास गरि प्रहरी चौकी स्थापना गरिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।
गाउँपालिका केन्द्रमा बित्तिय संस्था समेत सञ्चालन हुने भएपछि जिल्ला सुरक्षा समितिले प्रहरी राख्नको लागि सिफारिस गरेको सोलुखुम्बुका प्रमुख तथा प्रही नायव उपरिक्षक सालिग्राम शर्माले बताउनु भयो । प्रहरी नायव उपरिक्षक शर्माका अनुसार प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार मुक्लिामा प्रहरी सहायक निरिक्षक चन्द्रप्रसाद रावबंशिको नेतृत्वमा पाँच जना प्रहरी खटाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!