ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु

ByBibas chetan

८ पुष २०७५, आईतवार ०९:३३ ८ पुष २०७५, आईतवार ०९:३३ ८ पुष २०७५, आईतवार ०९:३३

खोटाङ – ट्याक्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर नेर्पाको कालीखोलामा दुर्घटना भएको हाे ।

दुर्घटनामा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी मिनप्रसाद लुईटेल, वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका खेमराज भुजेलको ज्यान गएको हो ।

लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा आइतबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था चिन्ताजनक छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!