विप्लव नेतृत्वकाे जनसत्ता प्रमुखले गरे पार्टी त्यागको घोषणा

ByBibas chetan

३० फाल्गुन २०७५, बिहीबार १६:५९ ३० फाल्गुन २०७५, बिहीबार १६:५९ ३० फाल्गुन २०७५, बिहीबार १६:५९

२०७५, फागुन ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा  किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेको घोषणा गर्नुभएको छ ।

सदरमुकाम ओखलढुंगामा बिहीबार पत्रकार सम्मेलन गरेर खत्रीले पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्नुभएको हो ।

 

पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको बन्दकै दिन खत्रीले पत्रकार सम्मेलन गरेर पार्टीसँग आबद्ध नरहेको जनाउनुभएको हो । अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले जानकारी दिनुभयो ।

 

खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताउनुभयो । खत्रीले स्थानीय तथा संसदीय निर्वाचनमा सहयोग गर्दै पार्टीबाट टाढा रहँदै आएको समेत दाबी गर्नुभएको छ । आफू विप्लवसँग पहिलेबाटै टाढा बन्दै गए पनि केहीमा भ्रम रहेको पाइएकाले औपचारिक रुपमा घोषणा गरेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!