भोलिदेखि राहदानी विभाग ९ बजे नै खुल्ने

ByBibas chetan

३० फाल्गुन २०७५, बिहीबार २०:४२ ३० फाल्गुन २०७५, बिहीबार २०:४२ ३० फाल्गुन २०७५, बिहीबार २०:४२

२०७५,फागुन ३०, राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ । शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ । सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ ।

पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!