अस्पतालको शिल्यान्यास

ByBibas chetan

२ चैत्र २०७५, शनिबार २०:३३ २ चैत्र २०७५, शनिबार २०:३३ २ चैत्र २०७५, शनिबार २०:३३

सोलुखुम्बु : अहिलेसम्म कानुन निर्माणकाे काम भएकाेले देशमा विकासले गति लिन नसकेको नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्रि इश्वर पोखरेले बताउनुभयो। अव छिटै विकासले गित िलने उहाँले बताउनुभयो ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने अस्पतालको शिल्यान्यास तथा अस्पताल निर्माणनार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै रक्षा मन्त्रि पोखरेलले भाषण मात्र नभई चारवटा क्षेत्रमा केन्द्रित भएर काममा जोड दिनुपर्ने बताउनुभयो । “कृषिमा आधुनिकीरण, पर्यटन प्रवद्र्धन, पुर्वधार विकास, निजि क्षेत्रलाई प्रोत्साहन गर्दै बन्द या विस्थापित भएका उद्योग सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।”

अहिले बहुमतको सरकार भएकाले तत्काल जनताले चाहे जस्तो विकास नदेखिएपनि निश्चित समयपछि सोचेको भन्दा बढि विकास गरेर जनताको मन जित्ने बताए ।
यस्तै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नयाँ नर्ष सँगै प्रदेशले नाम र राजधानी पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!