इच्छाविपरीत होली खेले सार्वजनिक मुद्दा !

ByBibas chetan

६ चैत्र २०७५, बुधबार ०५:१३ ६ चैत्र २०७५, बुधबार ०५:१३ ६ चैत्र २०७५, बुधबार ०५:१३

काठमाडौं : होली रंगहरुको पर्व हो । कतै रंग दलेर त कतै पानी छ्यापाछ्याप गरेर यो पर्व मनाइन्छ । रमाइलो गर्दै गर्दा अब होसियार हुनुपर्ने भएको छ । अरुको इच्छा विपरीत रंग दल्ने र लोला हान्नेमाथी सार्वजनिक मुद्धा लाग्न सक्छ ।

बुधबार उपत्यकासहित पहाडी जिल्लामा होली मनाइँदैछ । होली पर्व लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना नै लागू गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाइ हुने बताए । ‘यदि कहीँकतै कसैले होली पर्वका नाममा दुख दिए प्रहरीको कन्ट्रोल नम्बर १०० मा तुरुन्त फोन गर्न सक्नुहुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘जबरजस्ती लोला हाने, रंग लगाए, विकृति फैलाए वा फैलाउने प्रयास गरे तुरुन्त कारबाही हुन्छ ।’

यस्तै, पर्वको नाममा हेलमेट नलगाई मोटरसाइकल चलाउने र २ पाङग्रे गाडीमा तीनजना राख्ने जस्ता कार्य गरे पर्वका नाममा कसैलाई छुट नदिइने पनि उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!