आगलागीबाट महिलाको मृत्यु

ByBibas chetan

८ चैत्र २०७५, शुक्रबार ०५:०४ ८ चैत्र २०७५, शुक्रबार ०५:०४ ८ चैत्र २०७५, शुक्रबार ०५:०४

ताप्लेजुङ : मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आज आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो । शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!