महायज्ञबाट पौने ११ करोड

ByBibas chetan

९ चैत्र २०७५, शनिबार २०:५३ ९ चैत्र २०७५, शनिबार २०:५३ ९ चैत्र २०७५, शनिबार २०:५३

सोलुखुम्बु : सोलुखुम्बुको मुक्लिमा सम्पन्न श्रीमत भागवत ज्ञान महायज्ञबाट १० करोड संकलन भएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको मक्लीमा अस्पताल निर्माणार्थ सम्पन्न भएको महायज्ञबाट १० करोड ७७ लाख ४२ हजार ६५८ रुपैयाँ सहयोग संकलन भएको हो ।
गाउँपालिकाको केन्द्र मुक्लीमा सम्पन्न महायज्ञमा करोडौ संकलन हुदा ९३ लाख खर्च भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । महायज्ञबाटै २० करोड संकलन गर्ने गाउँपालिकाको लक्ष्य ५० प्रतिशत पुरा भएको छ । उद्यपी, सहयोग संकलन अभियान निरन्तर रहने गाउँपालिकाले जनाएको छ ।
महायज्ञ समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले महायज्ञले सामाजिक सद्भाव बृद्धिमा पनि भूमिका खेलेको बताए । अस्पताल निर्माणपछि हुदाखानी वर्गले बढि लाभ लिन सक्ने बताए ।

प्रदेश नं १ का सांसद उत्तम कुमार बस्नेतले जिल्लाको सम्बृद्धि थुलुङ दुधकोशी गाउँपालिकाबाट शुरु भएको बताए । अस्पताल निर्माणको लागि करिब २४ रोपनी जग्गा निशुल्क प्राप्त भईसकेको छ । गाउँपालिका अध्यक्ष असिम राईले आगामी दुई वर्ष नबित्दै सुविधासम्पन्न सामुदायीक अस्पताल उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!