विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित ९ जना पक्राउ

ByBibas chetan

९ चैत्र २०७५, शनिबार ०८:३६ ९ चैत्र २०७५, शनिबार ०८:३६ ९ चैत्र २०७५, शनिबार ०८:३६

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ परेका छन्।

उनीहरूलाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला प्रहरी कार्यालय काभ्रेकाे टाेलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लाेकेन्द्र खड्का रहेका छन्।

उनीहरूलाई अहिले काठमाडौं ल्याउँदै गरिएको एसपी केदार ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!