बार अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता

ByBibas chetan

२० चैत्र २०७५, बुधबार २३:३२ २० चैत्र २०७५, बुधबार २३:३२ २० चैत्र २०७५, बुधबार २३:३२

काठमाडौँ, २० चैत (रासस) ः कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठको अग्रता रहेको छ ।

आज राति ९ः३० सम्म गणना भएको जम्मा पाँचहजार ४०४ मध्ये श्रेष्ठले दुई हजार ४४५ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठलाई बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी, महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले दुई हजार ४५४ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ । कूल मतमा अब दुई हजार ५८४ मत गणना गर्न बाँकी छ । त्यो बिहीबार बिहान ९ बजेदेखि गणना हुनेछ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!