जुवा खेल्ने ६ कुखुरा पक्राउ

ByBibas chetan

२४ चैत्र २०७५, आईतवार ०९:०४ २४ चैत्र २०७५, आईतवार ०९:०४ २४ चैत्र २०७५, आईतवार ०९:०४

भारतको हरियाणामा  ६ वटा कुखुरा पक्राउ परेका छन् । पुलिसले ती कुखुरालाई पक्राउ गरी हिरासतमा राखेको हो ।

पुलिसले कुखुरा पक्राउ गर्नुको कारण चाहीँ रोचक नै छ । वास्तवमा ती कुखुराका भालेलाई स्थानीय एक समूहले जुधाएर जुवा खेलाउने गरेको थियो ।

भाले जुधाएर जुवा खेल्ने गरिएको उजुरी पुलिसमा परेपछि पुलिसले त्यस्तो कार्यमाथि निगरानी सुरु गर्यो । त्यसपछि एकदिन पुलिसले कुखुरा जुधाएर जुवा खेलाउने समूहलाई पक्राउ गर्यो । त्यसक्रममा उक्त स्थानमा रहेका ६ वटा कुखुराका भाले पनि पक्राउ गरिएको हो । जुवाडेहरुबाट नगद र गाडीहरु समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका कुखुराका भालेको स्वामित्व कसैले नलिएसम्म ती भालेहरुलाई पुलिस चौकीमै राखिने बताइएको छ ।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!