‘पब्जी’ प्रतिबन्ध खारेज गर्न सर्वोच्चमा रिट

ByBibas chetan

३ बैशाख २०७६, मंगलवार १८:४३ ३ बैशाख २०७६, मंगलवार १८:४३ ३ बैशाख २०७६, मंगलवार १८:४३

काठमाडौं : युवाहरू माझ लोकप्रिय बनेको पब्जीमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ताहरू प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेल, विना रिमालले संविधानप्रदत मौलिक हकको हनन् भएको भन्दै रिट दर्ता गराएका हुन् ।

पब्जी खेलका कारण बालबालिकको मनोविज्ञानमा असर पर्ने र विभिन्न घटना हुने भन्दै धेरैले प्रहरीमा उजुरी दिएपछि नेपाल सरकारले चैत २८ गते दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध गर्न निर्देशन दिएको हो ।

पब्जी मोबाइल तथा कम्प्युटरमा डाउनलोड गरेर खेलिने अनलाइन खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!