प्रदेश सभाको विशेष समयमा कुलुङ सुचीकरणको माग

ByBibas chetan

११ बैशाख २०७६, बुधबार ०९:३१ ११ बैशाख २०७६, बुधबार ०९:३१ ११ बैशाख २०७६, बुधबार ०९:३१

प्रदेश सभा सदस्य तथा सोलुखुम्बु प्रदेश नम्बर १ का सांसद उत्तम कुमार बस्नेतले कुलुङ सुचिरकणको माग राख्नु भएको छ । मंगलबार प्रदेशसभाको विशेष समयमा बोल्दै साँसद उत्तमकुमार बस्नेतले सोलुखुम्बुको महाकुलुङ र पुर्वको विभिन्न जिल्लामा बसोबास गर्ने कुलुङ सामुदायलाई सुचीकरण गर्न पर्याप्त प्रमाण पुगेको बताउदै सुचिकरण गर्नुपर्ने माग राख्नु भएको हो ।
साँसद बस्नेतले भन्नुभयो– कुलुङ जातिमा निहित विशिष्ट गुणहरु आदीवासी जनजाति राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा–२ को परिभाषामा निर्धारित गरिएका आदीवासी जनजातिका ५ मापदयडसँग मेल खाने भएको बताउनु भयो । विशेष सभाको सम्बोधनको क्रममा कुलुङ जातिलाई हालसम्म बहिस्करणमा पारिएको हुदा विभेद, अन्याय, र उत्पीडन हुदै आइरहेकोले सुचीकरण गरेर सामाजिक समावेशी नीतिका कार्यक्रमहरुमा अवशर दिन आवश्यक रहेको बताउनु भयो ।
साथै महाकुलुङ एक भौगोलिक क्षेत्र र सोलुखुम्बुको एक गाउँपालिकाको रूपमा रहेको हुँदा विशेष क्षेत्र घोषणा गरि विकास निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!