उपचार खर्च तिर्न नसक्दा बन्धक

ByBibas chetan

१८ बैशाख २०७६, बुधबार ०९:४६ १८ बैशाख २०७६, बुधबार ०९:४६ १८ बैशाख २०७६, बुधबार ०९:४६

संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्य उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्वास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर, ताप्लेजुङको पाथीभरा याङ् बरक गाउँपालिका–२, थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भइसक्दा पनि घर जान पाएका छैनन् ।

२६ मंसिर २०७५ मा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्धक छन् । ‘१५ दिनअघि घाउ त ठीक भएको हो तर उपचार खर्च तिर्ने नभएकाले अस्पतालमै बन्धकजस्तै भएर बस्न बाध्य छु,’ सर्जरी वार्डको २२ नम्बर शय्यामा रहेका लिम्बूले भने ।

अस्पताल प्रशासनका अनुसार लिम्बूको उपचारमा औषधिसहित कुल १४ लाख नौ हजार आठ सय ४४ रुपैयाँ खर्च भएको छ । कुल खर्चमध्ये दुई लाख रुपैयाँ लिम्बूका तर्फबाट फुपूहरुले अस्पताललाई बुझाइदिएका छन् भने तीन लाख ४१ हजार पाँच सय रुपैयाँ सुमित लिम्बूका काका सुरेन्द्रमार्फत भुक्तान भएको अस्पतालका एक कर्मचारीले बताए ।

लिम्बूले उपचार र औषधि खर्च गरी अझै आठ लाख ६८ हजार तीन सय ४४ रुपैयाँ बुझाउन बाँकी रहेको ती कर्मचारीले जानकारी दिए ।

-आजको नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!