अर्थमन्त्री खतिवडा फिजी प्रस्थान

ByBibas chetan

१९ बैशाख २०७६, बिहीबार १५:०७ १९ बैशाख २०७६, बिहीबार १५:०७ १९ बैशाख २०७६, बिहीबार १५:०७

अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंक (एडीबी) को बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन बुधवार फिजी प्रस्थान गरेका छन् ।

आगामी वैशाख १९ देखि २२ गतेसम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री डा. खतिवडाले नेपालको गभर्नरको रूपमा वार्षिक बैठकका विषयसूचीहरूमा धारणा राख्नेछन् । बैठकमा अर्थमन्त्री डा. खतिवडाले एडीबीका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, यूरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तीय संस्थाहरूका उच्चपदस्थ प्रतिनिधिहरूसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

मन्त्री डा. खतिवडाले दक्षिण एशियाली क्षेत्रीय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकको अध्यक्षता गर्दै सम्बोधन गर्ने कार्यक्रम पनि छ । सार्क विकास कोषको गभर्निङ काउन्सिलको बैठकमा समेत उनको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!