काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट, तीनको मृत्यु, ६ जना घाइते

ByBibas chetan

१२ जेष्ठ २०७६, आईतवार १९:२१ १२ जेष्ठ २०७६, आईतवार १९:२१ १२ जेष्ठ २०७६, आईतवार १९:२१

टाइम बम (ग्यास सिलिन्डर) बनाउने क्रममा पड्केर घट्टेकुलोको डेरा र सुकेधाराकाे सैलुनमा विस्फोट हुँदा विप्लव निकट नेवा:मुक्तिमोर्चाका अध्यक्ष सहित तीन जनाको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । । विस्फोटमा परी घाइते भएका ५ जनाको शिक्षण अस्पताल महाराजगञ्ज, ओम अस्पताल चावहिल र वीर अस्पतालमा उपचार भइहरेको छ ।

सुकेधारास्थित नीलो पुल नजिकैको एक सैलुनमा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएकाहरुमध्ये थप एकको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारामा भएको विस्फोटमा परी मृत्यु हुनेहरुको शनाखत भएको छ । मृत्यु हुनेहरुमा काभ्रे घर भई कपनको मिलनचोकमा बस्दै आएका ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल निवासी भएका सुरेन्द्र महर्जनको भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको अनामनगरको घट्टे कुलोमा पनि बिस्फोट हुँदा एकको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । बम बनाउने क्रममा बिस्फोट भएको जनाइएको छ । यसैबीच अनामनगरमा भएको विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता रहेको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!