फुसको छानो हटाउँदा खुशी

ByBibas chetan

१८ जेष्ठ २०७६, शनिबार १३:२३ १८ जेष्ठ २०७६, शनिबार १३:२३ १८ जेष्ठ २०७६, शनिबार १३:२३

फुसको छानो भएको घरमा जीवनयापन गरिरहेका विपन्न परिवारका मानसिहरुले छानाका लागि कर्कटपाता पाउँदा निकै खुशी देखिएका छन् । उक्त खुशी व्यक्त गर्नेमा मोरङको बूढीगङ्गा गाउँपालिका–१ अन्तर्गत पर्ने मानगर खदरा टोलवासी हुन् ।

आर्थिक अवस्था कमजोर भएका यी मानिस जीवनयापन गर्न निकै समस्या भोगिरहेका थिए भने घरमा फुसको छानोको ठाउँमा कसरी कर्कटपाता लगाउने दिनरात चिन्तामा डुबेको स्थानीयवासी लोकनाथ कट्टेलले जानकारी दिनुभयो । कर्कटपाता पाएर अत्यन्त खुशी व्यक्त गर्नेमा सुखिया राजवंशी, सरिता परियार, भीम विक, मणिकलाल चौधरी, शिवनारायण मण्डल, छविराज घिमिरे र चुडामणि खतिवडा छन् । उहाँहरुले बल्ल अब सरकार गाउँमा आएको अनुभूति गरेका छन् ।

उहाँहरुलाई आज एकैसाथ मोरङ निर्वाचन क्षेत्र नंं ६ को क्षेत्र विकास कार्यक्रममार्फत प्रदेश सभासदस्य चुमनारायण तवदारले कर्कटपाता वितरण गर्नुभयो । सो गाउँपालिकाका सातवटै वडामा फुसको छानो हटाउने अभियान अन्तर्गत पहिलो वर्ष रु.२५ लाख र निर्वाचन क्षेत्र नं ६ (क)मा सडक बत्तीमा रु २५ लाख निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट चालू आर्थिक वर्षमा खर्च गरिने सदस्य तवदारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!