गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

ByBibas chetan

१ असार २०७६, आईतवार १२:०८ १ असार २०७६, आईतवार १२:०८ १ असार २०७६, आईतवार १२:०८

काठमाडौं : ९ दिने युरोप भ्रमण पुरम गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका थिए ।

विमानस्थलमा ओर्लिएपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो युरोप भ्रमण निकै फलदायी भएको दाबी गरे। उनले आवश्यक भए गुठी विधेयक सच्चाउन सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ९ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयक सच्याउन सकिने बताएका हुन् । धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको छ भने सरकारले सच्याउँने बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन ।’

प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसमाका समामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, गृहमन्त्री रामबहादुर थापालगायत विमानस्थल पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!