– हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ
– जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।
– म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।
-म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन ।
– उत्थान पछि विनाश पनि सम्भव छ ।
– त्रुटी कलामा हुँदैन बरु कलाकारमा हुन्छ ।
-यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।
-म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो ।
-कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।
– एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।
-प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।
– धैर्य नै प्रतिभा हो ।
– कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औंला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्छ ।
– प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।
– कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।
– कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।