-हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयास गर्न छोड्नु हो । कुनै पनि काममा प्रयास गरिराख्नु नै सफलता पाउने निश्चित तरिका हो ।
-आफूले सोचे जस्तो कुनै काम भएन भने त्यसको अर्थ यो होइन कि, त्यो काम बेकार हो ।
-यदि हामीले आफ्नो क्षमताअनुसारका सबै काम गर्‍यौं भने हामी आफैंमाथि छक्क पर्छौं ।
-जब हामीलाई लाग्छ कि हामीले सबै सम्भावना प्रयास गरिसकेका छौँ । त्यतिबेला यो याद राख्नुपर्छ कि, सम्भावना कहिल्यै सकिँदैन ।
-धेरै मानिसले अवसर गुमाउनुको मुख्य कारण के हो भने हरेक अवसर कामको रुपमा आउँछन् ।
-केही सार्थक प्राप्तिका लागि तीन आवश्यकता : कडा परिश्रम, लगनशीलता र कामको महत्व बुझाइ हुन् ।
-प्रतिभा एक प्रतिशत प्रेरणा हो भने ९९ प्रतिशत कडा परिश्रम र पसिना हो ।
-धेरै मानिसको असफलताको कारण यो हो कि मानिसहरू म सफलताको कति नजिक पुगेको छु भन्ने नै थाहा पाउँदैनन् ।
-जसले प्रयाससँगै प्रतीक्षा गर्न सक्छ, उसले नै जीवनमा सफलता प्राप्त गर्छ ।
-व्यस्त हुनुको अर्थ जहिल्यै काम नै गरेको हुँदैन । काम त्यो हो, जसबाट उत्पादन वा उपलब्धि हुन्छ । कामका लागि पूर्वविवेक, प्रणाली, योजना, बौद्धिकता, इमानदार उद्देश्य र कडा मेहनत चाहिन्छ ।
-तिम्रो मूल्य तिमीसँग के छ भन्नेमा होइन, तिमी के हौ भन्नेमा निर्धारित हुन्छ ।
-मैले कुनै काम दुर्घटनावश गरेको होइन । न त मेरो कुनै आविष्कार दुर्घटनाले भएको हो । त्यसको पछाडि मेरो कडा परिश्रम छ ।
-म असफल भएको होइन । मैले बस् काम नलाग्ने १० हजार तरिका पत्ता लगाएको छु ।
-धेरै विचारहरुबाट नै एउटा महान् विचार निकाल्न सकिन्छ ।
-मानिसका अनुसार कुनै आविष्कारमा लागेको मूल्य त्यो मानिसलाई इनामस्वरुप जानुपर्छ, जसले आफ्नो कामलाई प्रेम गर्छ । तर म, संसारले सफलता मानेको कुरामा मेरो खुसी खोज्छु ।
-कुनै पनि काम गर्नका लागि एउटा उत्तम बाटो हुन्छ, केवल हामीले पत्ता लगाउन सक्नुपर्छ ।
-हामीले गरेको कामले नै हामी के हौं भनेर देखाउँछ ।
-मैले मेरो जीवनमा जति काम गरेँ, रमाइलो मानेर गरेँ । काम गरेको महसुस कहिल्यै गरिनँ ।
-मैले त्यहाँबाट सुरु गरेँ, जहाँ अरुले छाडेर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!