जीवन बदल्ने प्रेरक भनाइहरू- पहिलो भाग

ByBibas chetan

१८ श्रावण २०७६, शनिबार १८:१४ १८ श्रावण २०७६, शनिबार १८:१४ १८ श्रावण २०७६, शनिबार १८:१४ #आफ्नो भनाइ, #नेपाली भनाइहरू, #प्रेरक, #मनछुने भनाइहरू, #महान वाणी, #राम्रा भनाइहरू, #सफलता

१) एउटा फुलको सुगन्ध त्यही फैलिन्छ जहाँ हावा चलेको छ । तर एउटा असल मानिसको गुण सधैँ सबै क्षेत्रमा फैलिन्छ ।

२) सुनको शुद्धता थाहा पाउन सुनलाई पिटिन्छ,पगालिन्छ या काटिन्छ I तर एउटा मानिसको वास्तविक रूप तब मात्र बुझ्न सकिन्छ, जति बेला ऊ कुनै ठुलो विपत्तिमा हुन्छ।

३ ) एउटा व्यक्ति यस्तो ठाउँमा बस्नु उचित हुन्न जहाँ व्यक्तिलाई कानुन सँगै डर लाग्दैन,जहाँ इज्तको कुनै मूल्य हुँदैन, जहाँ सम्झदार व्यक्ति छैन र कलाको कुनै इज्जत हुँदैन।

४) जब तपाईँ कुनै काम गर्न सुरु गर्नु हुन्छ तब तपाईँ त्यो कामलाई कहिल्यै आधा,अधुरो नछोड्नुहोस् किनकि जो कामलाई जिम्मेवारीपूर्ण पुरा गर्दछन् उनीहरू नै खुसी सँगै रहन्छ।

५) जुन घरका बच्चा ठुलाले भनेको मान्छन्, जुन घरका हरेक व्यक्ति मेहनती छन्, जहाँ पैसा मेहनत र इमान्दारिताबाट कमाइन्छ र त्यति नै पैसा कमाउँछन् जसबाट उनीहरूको जरुरत पूर्ण हुन्छ। यस प्रकारको घरमै सधैँ शान्ति रहन्छ।

६) चाणक्यका अनुसार खराब मित्र, खराब पत्नी र खराब विद्यार्थी हुनुभन्दा तपाईँ सँगै कुनै साथी,पत्नी र विद्यार्थी नहुनु नै उचित रहन्छ । जसले तपाइको जीवन राम्रो बनाउनुको सट्टा खराब बनाइदिन्छन ।

७) यदि तपाइलाई व्यापारमा घाटा भएको छ या तपाइको मन दुखेको छ I यस्तो कुरा अरूलाई कहिल्यै नासुनाउनुहोस् । किनकि तपाइको यही कमजोरीलाई अरूले मजाक बनाएर उडाउन सक्छन् I जसले तपाइको आत्म-सम्मानमा ठेस पुग्न सक्छ ।

८) चाणक्यका अनुसार केही कुरा सिक्ने समय, व्यापार गर्ने समय र खाना खाने समय यी तिन समय कहिल्यै लजाउनु हुँदैन।

९) एउटा सर्प जसमा विष छैन उसले आफूलाई विषालु भएको देखाउन खोज्नु पर्छ । अर्थात् तपाइको कमजोरी केवल तपाइलाई थाहा हुन सक्छ र अरूको अगाडी त्यो कुरा लुकाउन सक्नु भयो भने कतिपय अवस्थामा फाइदा उठाउन सकिन्छ ।

साभार-चाणक्य नीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!