– जीवनलाई प्रेम गरौं । र, अधिक खुसी रहन सिकौं । जब तिमी एकदमै प्रशन्न हुन्छौं, संभावनाहरु उत्तिनै बढी हुन्छ ।
– जब प्रेम र घृणा दुबै हुँदैन, हरेक कुरा स्पष्ट र सफा देखिन्छ ।
– मूर्ख मान्छे अरुलाई हेरेर हाँस्छ, विद्वान आफैलाई हेरेर हाँस्छ ।
– कसैसँग कुनै प्रकारको प्रतिस्पर्धा आवश्यक छैन । तपाई स्वयम जस्तो हुनुहुन्छ, त्यो एकदम सही छ । स्वयमलाई स्विकार्नुहोस् ।
– मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सवोच्व रुप हो, जहाँ केही अपेक्षा हुँदैन । कुनै सर्त हुँदैन । जहाँ केवल आनन्द हुन्छ ।
– यहाँ कोहीपनि तपाईको सपना पुरा गरिदिनका लागि होइनन् । सबैलाई आफ्नो भाग्य वा कर्म बनाउनु छ ।
– अज्ञानी बनिरहनु राम्रो हो । कम्तीमा अज्ञान त आफ्नो हुन्छ । यो प्रमाणिक हो, यही सत्य, वास्तविकता र इमान्दारी हो । धेरै सोझा, कम ज्ञानी र बच्चा जस्तै बन्नुहोस् । जीवनलाई रमाइलोको रुपमा लिनुहोस्, किनभने वास्तविकतामा यही जीवन हो ।
– त्यसरी नचल्नुहोस्, जसरी डरले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्, जसरी प्रेमले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्,।जसरी खुसीले तपाइलाई चलाउँछ ।
– प्रशन्नता सद्भावको छायाँ हो, त्यो सद्भावको पछि लाग्छ । प्रशन्न रहनुको अर्को कुनै तरिका छैन ।
– जीवन कुनै दुखद घटना होइन, यो एक हास्य हो । जीवित रहनुको मतलब हास्यको बोध हुनु हो ।
– अहंकार एक अज्ञान हो ।
– जो रचनाशिल छन्, उनीहरु रच्छन् । जो रच्न सक्दैनन्, उनीहरु नष्ट गर्छन् ।
– यो कुराले महत्व राख्दैन कि, तपाई कसलाई प्रेम गर्नुहुन्छ, किन गर्नुहुन्छ, कसरी गर्नुहुन्छ, कहाँ गर्नुहुन्छ ? महत्व त यस कुराले राख्त कि केवल तपाई प्रेम गर्नुहुन्छ ।
– मानिस कहिलेपनि इश्वरसामु पुग्न सक्दैनन् । तर, जब ऊ जीवनमा तयार हुन्छन्, तब भगवान स्वयम् उसको नजिक आउँछ ।
– क्रोध कमजोरीको लक्षण हो । जति चाडो क्रोध आउँछ, सम्झनुहोस उत्तिनै चाडै तपाईको क्षमता कमजोर भयो ।
– यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने तपाई एक महान जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई महान बनाउने हो ।
– प्रेम त्यसबेला सच्चा हुन्छ जब एकअर्काको व्यक्तिगत कुरामा दख्खल पुग्दैन । प्रेममा एकअर्काले सम्मान गर्नुपर्छ ।
– दुखमा ध्यान दिनुभयो भने सधै दुख रहन्छ । सुखमा ध्यान दिन सुरु गर्नुहोस् । खासमा तपाई जे कुरामा ध्यान दिनुहुन्छ, त्यही कुरा सक्रिय हुन्छ ।
– जो गीत गाउँन सक्छ, जो नाच्न सक्छ । उनीहरु नाच्न्, गाउँछन् । उनीहरु ताराहरुले भरिएको आकाशमुनी उत्सव मनाउँछन् । तर, जो नाच्न सक्दैनन, जो असक्षम छन् उनीहरु सधै कुनामा बसेर यही कल्पना गर्छन् कि अर्कामाथि आफु कसरी हावी हुने ? उनीहरु कुटिल बन्छन् ।